काठमाडौं ।
दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकर स्वदेश फिर्ताभएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विदाइ गरे।
बिहीबार नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा काठमाडौं आइपुगेका उनलेविहीबार नै उच्चस्तरीय भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको थियो।
जयशंकरले आजशुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगैरुद्राक्षको वृक्षारोपण समेत गरेका थिए। नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्रीको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन,नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन।
त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ।
प्रतिक्रिया