काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, कांग्रेस सहभागी सरकारबाट विभिन्न काण्ड भइरहेको भन्दै त्यसको जरोमा पुग्न आवश्यक भएको बताएका छन्। पार्टी मुख्यालय सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण कार्यक्रममा उनले अहिले कांग्रेस सहभागी सरकारमाथि नै प्रश्न उठ्ने गरी काण्डमाथि काण्ड थपिएको भन्दै नेपाल पुकारले त्यसको जरोमा पुगेर तत्थ्य बाहिर ल्याउनु पर्ने बताए । ‘आज…