काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ। भन्सारबाट बाहिरिईसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो। सुनसहित पक्राउ पर्नेमा इजिप्टका नागरिक सरिफ मोहमद लासिम रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डिआईजी अर्जुन चन्दले बताए। क्लोज सर्किट (सीसी) क्यामेरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप…