काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर अन्तर्राष्ट्रियकरण गरी नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेको उल्लेख गरे।…