पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ’क्लिन स्वीप’

पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ’क्लिन स्वीप’


काठमाडौं ।

पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रियटेस्ट शृङ्खलामा अस्ट्रेलियाले ’क्लिन स्वीप’ गरेको छ। सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो।

पहिलो र दोस्रो टेस्ट जितेको अस्ट्रेलियाले तेस्रो टेस्टमा पनि जित हात पार्दा टेस्ट च्याम्पियनिसपको साइकलमा ठूलो फाइदा भएको छ। पहिलो पारिमा पाकिस्तानले ३१३ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो पारिमा २९९ रन बनाएपछि १४ रनको अग्रता लिएको पाकिस्तानको दोस्रो पारि उत्कृष्ट रहेन। जम्मा ११५ रनमा समेटिन पुग्यो।

१२९ रनको अग्रताका साथ दोस्रो पारि सकाएको पाकिस्तानबाट अस्ट्रेलियाले १३० रनको लक्ष्य पायो। उक्त लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट गुमाएर पूरा गरेको हो। यसैगरी सन्यास घोषणा गरेर अन्तिम टेस्ट क्रिकेट खेलेका डेभिड वार्नर ५७ रन बनाएर आउट भए।

अस्ट्रेलियाका लागि मार्नस लावुसेनले नटआउट पारि खेल्दै सहज जित दिलाए। दुवैले नटआउट अर्धशतक प्रहार गरे। लाभुसेनले नटआउट ६२ रन बनाए। स्टेभन स्मिथ ४ रनमा नटआउट रहे। ओपनर उस्मान ख्वाजा भने खाता नै नखोली आउट भएको थिए। पाकिस्तानका साजिद खानले २ विकेट लिए।