मेलबर्न, अष्ट्रेलिया ।
एनआरएन अष्ट्रेलिया भिक्टोरियाको आयोजनामा मेलबर्नमा भएको युथ टेबल टेनिस प्रतियोगिताको उपाधि पियुश अवालले जितेका छन् । खुला समूहतर्फ उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिमा कब्जा गरे । उपाधिसँगै उनले ५ सय डलर नगद र ट्रफी तथा प्रमाणपत्र पनि प्राप्त गरेका थिए । मेलबर्नमा गतसप्ताहन्तमा आयोजित प्रतियोगिताको समापनमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले अवाललाई पुरस्कार वितरण गरेका थिए । फाईनलमा अवालसँग राजु शिल्पकारले प्रतिस्पर्धा गरेका थिए । उनले दोश्रो हुँदै ३ सय डलरका साथै प्रमाणपत्र र ट्रफी जितेका छन् ।

यस्तै महिला खुलातर्फ प्रिमिशा सिंहले उपाधि जितिन् । उनको प्रतिस्पर्धामा सुरभी थापा थिइन् भने पहिलो हुँदै सिंहले ३ सय डलर नगदका साथै ट्रफी र प्रमाणपत्र हात पारिन् भने थापाले २ सय डलर नगदका साथै ट्रफी र प्रमाणपत्र जितेकी छिन् ।

प्रतियोगितामा १७ वर्षमुनीको स्पर्धामा सुनीन शर्मा विजयी भए, यस्तै उही उमेर समूहमा किशोरीतर्फ अन्तरा दाहाल विजयी भइन् । ३५ वर्षमाथिको उमेर समूहमा राजु शिल्पकार विजयी भए भने अनन्त हुमागाईं दोश्रो भए । दुबैले क्रमशः ४ सय र २ सय डलर सहित प्रमाणपत्र र ट्रफी हात पारेका थिए ।

भिक्टोरियामा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजन स्टुडेन्ट डेस्टिनी एजुकेशन एण्ड भिसा सर्भिसेजले गरेको थियो ।

प्रतिक्रिया