नेपालको एसिया कप खेल्ने सपना चकनाचुर, मलेसियासँग ४ विकेटले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको ८ वर्षपछि एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने सपना चकनाचुर भएको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार आयोजक मलेसियासँग ४ विकेटको पराजय भोगेपछि नेपालले यसै वर्ष आयोजना हुने एसिया कप टी–ट्वान्टी प्रतियोगिता खेल्न चुकेको हो। मलेसिया एसिया कपका लागि छनोट भएको…