सत्ता गठबन्धन भत्कियो, आजै सानो आकारको मन्त्रिमण्डल बन्ने

सत्ता गठबन्धन भत्कियो, आजै सानो आकारको मन्त्रिमण्डल बन्ने


काठमाडौँ ।

सत्ता गठबन्धन भत्किएको छ। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुने एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्।

पाण्डेले आजै सानो मन्त्रिमण्डल बन्ने पनि बताए। आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद्‌ हुन्छ। सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ, पाण्डेले फेसबुकमा लेखेका छन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए।

सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टा–छुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो। अलग–अलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन्।