एमाले सरकारमा सामेल हुन तयार

एमाले सरकारमा सामेल हुन तयार


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारमा सामेल हुन तयार भएको छ। सोमबार बिहान बालकोटमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित घटनाक्रमबारे बिफ्रिङ गरेका थिए।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान गठबन्धन टुटाए नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न तयार रहेको बताए।

‘अहिले प्रधानमन्त्रीले टीआरसी विधेयकमा सहमति माग्नुभएको छ, र सहकार्य गरौँ भन्नुभएको छ,’ ज्ञवालीले भने, ‘उहाँलाई टीआरसी विधेयकमा मात्रै साथ चाहिएको हो वा समग्र सहकार्यका लागि हो भन्नेबारे हामी पर्ख र हेरको अवस्थामा छौँ।’

प्रधानमन्त्री दाहालले गठबन्धन टुटाए सरकारमा सहभागी हुन तयार रहेको निणर्य गर्दै एमाले सचिवालय बैठक सकिएको छ। अब लगत्तै एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुने नेताहरूले जनाएका छन्।