संसदको दुवै बैठक आज, प्रधानमन्त्रीले जवाफ दिने    

संसदको दुवै बैठक आज, प्रधानमन्त्रीले जवाफ दिने    


काठमाडौं ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले अघिल्लो बैठकहरूमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन्। 

यस्तै प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९–०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि रहेको छ। 

यस्तै, राष्ट्रिय सभाको बैठक १ बजेर १७ मिनेटमा बस्ने तय भएको छ। राष्ट्रिय सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन २०८९–०८० सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ।