क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको जग्गा अवलोकन (फोटोफिचर)

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको जग्गा अवलोकन (फोटोफिचर)


ब्रिजवेन, अष्ट्रेलिया ।

क्विन्सल्याण्डको नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी)को जग्गा अवलोकनका क्रममा पिपल र तुलसीका बिरुवा सारिएको छ। आइतबार नेपालबाट आएका अभिभावक ज्ञानबहादुर रानाभाटको अगुवाइमा क्वीएनसीसीको परिसरमा पिपल र तुलसीका बिरुवा रोपिएको हो। 

क्वीएनसीसीको जग्गा किनेपछि पहिलो पटक क्वीन्सल्याण्डबासी नेपालीहरू भेला भएका थिए। क्वीएनसीसीको जग्गाको अवलोकन गर्दै सिमांकन र क्षेत्रफलका बारेमा सर्वेक्षक विज्ञ गोविन्द बरालले जानकारी गराएका थिए।

क्वीएनसीसीको जग्गामा रहेको घरलाई तारबार गरी बाँकी रहेको जमिनमा खुला रुपमा आवत-जावत गर्न सकिने गरी चाँडै नै सफा गरिने अध्यक्ष केशव शर्माले बताए। जग्गा सफाइको काम सकेपछि क्वीएनसीसीका बाँकी संरचना बनाउनेबारे विज्ञ समूहको टिमलाई ल्याएर विस्तृत छलफल गरिने उनले बताए। 

यसपछिका क्वीएनसीसीका बैठक, भेटघाट र पुजापाठ सोही जग्गामा गरिने शर्मा भनाइ छ। जग्गाको अवलोकनका क्रममा जाँदा पिपल र तुलसीका बिरुवा अस्थायी रुपमा संरक्षणका लागि रोपिएको उनको भनाइ छ।

क्वीन्सीसीको जग्गा अवलोकनको क्रममा पोखरी पनि फेला परेको शर्माले बताए।  

उक्त कार्यक्रममा क्वीन्सल्याण्डको नेपाली समुदायका अगुवा, सामाजिक अभियन्ता, अभिभावकहरू र पत्रकारको उपस्थिति रहेको थियो।

तस्बिर : किरण खनाल