काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा नेदरल्यान्ड्सले नामिबियामाथि ७ विकेटको शानदार जित निकालेको हो। जितका लागि १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर २ बलमा ३ विकेटको क्षतिमा पूरा गर्याे। नेदरल्यान्ड्सलाई जित दिलाउन माइकल लेभिटले…