यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार सोमबार अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा कारोबार रकम तोकिएको छ। त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसामा झरेको छ।

शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसाले कारोबार भएको थियो। कतारी रियालको मूल्य भने शनिबारको तुलनामा स्थिर छ। आज रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको छ।