शाहरुख खान हडबडाएको त्यो संवाद

शाहरुख खान हडबडाएको त्यो संवाद


मुम्बई ।

बलिउड अभिनेता शाहरुख खानको आइकनिक फिल्म ‘डर’ सन् १९९३ मा रिलिज भएको थियो। यो उनको करियरको सुपरहिट फिल्ममध्ये एक थियो। यो फिल्ममा रहेको शाहरुखले बोलेको संवाद ‘क…क…क…किरण’ आज पनि उत्तिकै लोकप्रिय छ।

फिल्ममा अभिनेत्री जुही चावलाले ‘किरण’को भूमिका निर्वाह गरेकी थिइन्। शाहरुखको यो संवादले उनी रातारात चर्चित बने। शाहरुखको सिग्नेचर स्टेपसँगै उनको संवाद पनि उत्तिकै लोकप्रिय बन्यो। १३ वर्षपछि फिल्मका लेखक हनी इरानीले शाहरुखले साधारण शैलीमा यो संवादलाई किन बोल्न सकेनन् भन्ने कुराको खुलासा गरेका छन्।

हनीले यो फिल्म जावेद सिद्दीकीसँग मिलेर लेखेका थिए। ‘यो फिल्ममा एक दृश्य थियो, जहाँ राहुल मेहरा (शाहरुख)को आमाको कार दुर्घटनामा निधन हुन्छ। राहुललाई आफ्नोको मृत्युको पछाडि उनका पिताको हात हुनसक्ने लाग्छ। त्यही बेला किरण९जुही चावला० प्रति उनको चासो बढी हुन्छ। उ जुहीलाई देख्दा केही बोल्न सक्दैन । केवल निरास मात्र हुन्छ’, हनीले भनेका छन्।

हनीका अनुसार फिल्मको कथा लेखिरहँदा किरणप्रति राहुलको प्रेम देखेर उनलाई हडबडाउने संवाद दिने सोच आएको थियो। उनी जुहीको नाम ‘किरण’लाई बोलाउँदा शाहरुख हडबडाउने देखाउनुपर्ने थियो।

‘मलाई लाग्यो कि जो युवक कुनै युवतीलाई धेरै प्रेम गरेपछि उसको अगाडि बोल्न हडबडाउँछ। त्यहीकारण के उसले युवतीको नाम सजिलै लिनसक्छ त रुकिन उसको चरित्रमा केही नयाँपन नदिउँ ? यसपछि हामीले उसको नाम हड्बडाएर बोल्ने बनायो। जुन शाहरुखले बोलेका छन्। यो संवादलाई अहिले पनि धेरैले मनपराइरहेका छन्’, उनले भनेका छन्।