‘आरआरआर’ को सिक्वेल बन्दै

‘आरआरआर’ को सिक्वेल बन्दै


मुम्बई ।

सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ। एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा थिए।

बलिउडका व्यापार विश्लेषक तथा समीक्षक मनोबाला विजयबालनले ट्वीट गर्दै ‘आरआरआर’को सिक्वेलको तयारी भइरहेको जानकारी दिएका छन्। ‘आरआरआरको सिक्वेल निश्चित भएको छ।

फिल्मका निर्माता विजयेन्द्र प्रसादले रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’को सिक्वेल बनाउने तयारी भइरहेको हामीलाई जानकारी दिएका छन्। यो फिल्म हलिउड स्टाण्डर्डको हुनेछ।

फिल्मको निर्देशन एसएस राजामौली वा उनको निगरानीमा अरु कसैले गर्नेछन्। उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’, महेश बाबूको जंगल एडभेन्चर फिल्म पुरा हुनासाथ सिक्वेलको काम सुरु हुनेछ’, मनोबालाले ट्वीट गरेका छन्।

एक्सन प्याक्ड पेन इण्डियाको फिल्म ‘आरआरआर’लाई विश्वव्यापी सफलता मिलेको थियो। फिल्मको गीत ‘नाटू नाटू’ले ९५ औं ओस्कार अवार्डमा ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड जितेको थियो।