विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ

विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ


काठमाडौं ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन्। उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गरे।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) राजेन्द्र कुमार शर्मा (आरके) समूहसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। काठमाडौं महाधिवेशनबाट डा. बद्री केसी अध्यक्ष निर्वाचित भएपनि त्यो महाधिवेशन नै विवादित छ। त्यसबारे छानविन गर्न बनेको समितिले रिपोर्ट समेत सरकारलाई दिइसकेको छ।

उनीहरूले रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह गरेका छन् भने मध्यपूर्व र विश्भरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयकोतर्फबाट पहलकदमी लिइदिन समेत अनुरोध गरेका छन्।