काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सो अध्यादेश जारी गर्नुभएको हो।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि २०८२ असार २५ मा पेस भएकोमा सन्देशसहित उक्त विधेयक फिर्ता पठाइएको छ।
‘तत्कालीन मन्त्रिपरिषद्को २०८२ मङ्सिर २ गतेको निर्णय बमोजिम प्राप्त भएको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि– ९पहिलो अध्यादेश०, २०८२ जारी नभएको समेत स्मरण गराउँदै संवत् २०८३ वैशाख १४ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भइ आएको संवैधानिक परिषद् अध्यादेश, २०८३ को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाउनु भएको शाक्यले बताउनुभयो ।

प्रतिक्रिया