प्रधानमन्त्री दाहालले राजीनामा नदिने, संसदको सामना गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। उनले भने, ‘बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको रुपमा तयार रहने निर्णय भएको छ । किनभने एक महिना बाँकी रहन्छ,…