अष्ट्रेलियासहित १८ देशमा प्रस्तावित राजदूतको संसदीय सुनवाई आजबाट

अष्ट्रेलियासहित १८ देशमा प्रस्तावित राजदूतको संसदीय सुनवाई आजबाट



काठमाडौं । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु भएको छ ।

सुनुवाई प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ।

सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो।

संसदीय सुनवाईमा भारतका लागि प्रस्तावित शङ्कर शर्मा, अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्रप्रसाद घिमिरे,चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल,
इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, अष्ट्रेलियामा कान्ता रिजाल, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलमा प्रकाशमणि पौडेलको नाम राजदूतमा सिफारिस भएको छ ।

यस्तै पाकिस्तानमा रिता धिताल, स्पेनमा सनिल नेपाल तथा मलेसियामा नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ ।