काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ। बैठकले प्रवक्ताको जिम्मेवारी भने नेता मनिष झालाई दिएको छ । रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको महामन्त्री ढकाललाई सात…