उत्कृष्ट विद्यालय बन्न सफल इलिक्सर एकेडेमीलाई प्याब्सनको सम्मान

उत्कृष्ट विद्यालय बन्न सफल इलिक्सर एकेडेमीलाई प्याब्सनको सम्मान


काठमाडौं । इलिक्सर एकेडेमिलाई निजी विद्यालयको सङ्गठन’प्याब्सन’ ले २०८० सालमा एसईई परीक्षामा काठमाडौं जिल्लामा रहेका विद्यालय मध्ये उत्कृष्ट जिपिए प्राप्त गर्न सफल भएकोमा ”सर्वोत्कृष्ट विद्यालय सम्मान”प्रदान गरेको छ। कार्यक्रममा इलिक्सर एकेडेमीका उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी त्यस्तै सामाजिक र विज्ञान विषयका शिक्षक हरुलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ट विद्यालय घोषित भए पछि एकेडेमीका संस्थापक तथा प्रिन्सिपल रबिन दाहालले केविसीखबरसँग कुरा गर्दै विद्यार्थीलाई व्यवहारिक,प्रयोगात्मक तथा सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको एकेडेमी सफलता तिर लम्किदै जांदा गर्व लागेको बताए ।
उनले भने विद्यार्थीका अन्तर्निहीत क्षमता तथा प्रतिभाको पहिचान गरि आत्मनिर्भरता अनुशासन र सर्मपणको विकासमा ध्यान दिइरहेको र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी एकेडेमीले उत्पादन गरिरहेको छ । दक्ष शिक्षक शिक्षिकाहरुको मेहनतले पनि यो सफलता हासिल भएको हो ।

उक्त एकेडेमीमा मन्टेश्वरी कक्षादेखि नै विद्यार्थीको इच्छा, चाहना र रुचीअनुसार अध्यापन गराइने र विद्यालयमा अध्यापनका क्रममा प्रोजेक्ट वर्क, अडियो भिजुअल सामग्री, सामुहिक छलफल,जस्ता गतिविधि हुने गरेकाले गर्दा विद्यार्थीलाई सिक्न थप उत्साह प्रदान गर्ने गरेको दाहालको भनाई छ ।

विद्यालयको सफलतासंग शिक्षक र विद्यार्थी मात्र नभई अभिभावक पनि जोडिने र शिक्षक, विद्यार्थी र अभिभावक सबैको मेहनतले र गुणस्तरीय शिक्षाका कारणले विद्यालय अहिलेको अवस्थामा आइपुगेको पनि उनले भने ।

सफलताबाट अझ बढी जिम्मेवारी बढेको र आगामी दिनमा पनि विद्यार्थीको सुनौलौ र उज्वल भविष्य निर्माणका लागि जस्तो सुकै परिस्थितिलाई सामना गर्ने प्रतिवद्धता साथ अघि बढेको उनले सुनाए ।