काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ गरेकी छिन् ।
अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेटगरेकी हुन् ।
भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुङ्गोमा पुर्याउन सफलता मिलेकोमा बधाइ दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताइन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना दिएका थिए ।
प्रतिक्रिया