काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न आग्रह गरेकी छन् । राष्ट्रपति निवास शीतलनिवास पुगेका प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने बताएकी हुन्…