भोलिदेखि रेल चल्ने, यात्रु नबोक्ने !

भोलिदेखि रेल चल्ने, यात्रु नबोक्ने !


काठमाडौं, २९ माघ । जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि रेल सञ्चालनमा आउने भएको छ । दैनिक रुपमा रेल सञ्चालनमा आए पनि यात्रु भने नबोकिने भएको छ । उदघाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।
भोलिदेखि रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो । अहिले रेल धनुषाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।