काठमाडौं, १ चैत । सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो।मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको हो। संसद्को अधिवेशन सुरु…