बालेन्द्र साह विजयको नजिक, बुधबार साँझसम्म पुग्यो ५६ हजार बढी भोट

बालेन्द्र साह विजयको नजिक, बुधबार साँझसम्म पुग्यो ५६ हजार बढी भोट


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५६ हजार १४८ मत ल्याएका छन् । बुधबार साँझ ५ बजेसम्म एक लाख ७२ हजार २५५ मतगणना हुँदा साहले सो मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका सिर्जना सिंहले ३५ हजार ८७८ र नेकपा ९एमाले० का केशव स्थापितले ३४ हजार ८५४ मत ल्याएका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले पाँच हजार २४६ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ११ हजार ७६३ मत प्राप्त गरेका छन् ।

महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोलले मत ६२ हजार ८७८ मत ल्याउनुभयो। नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले २१ हजार ५१४ मत प्राप्त गरेका हुन् ।

राप्रपाकी बिनाता मगैयाले दश हजार ९९१, लौरो निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवारले पाँच हजार ९४६ र आँखीझ्याल चिह्नमा ११ हजार ७७६ मत परेको छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको वडा नं। १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी रहेको छ।