यस्तो छ काठमाडौं, भरतपुर र पोखरा महानगरको मत गणना रिपोर्ट !

यस्तो छ काठमाडौं, भरतपुर र पोखरा महानगरको मत गणना रिपोर्ट !


काठमाडौं ।

देशका चर्चित महानगरहरुमा पछिल्लो समय प्राप्त हुँदै गएको मतपरिणामले धेरैलाई अन्तिम नतिजा पनि फरक आउने हो कि भन्ने आंकलन गर्न बाध्य बनाएको छ । काठमाडौं महानगरमा बालेन्द्र साह दुई परम्परागत प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन् भने उनले यो अग्रतालाई लगातार कायमै राखेका छन् । बजारमा विभिन्नखाले हल्ला चलाइएपनि निर्वाचन आयोगले आज विहान नेपाली समय अनुसार ६ बजे दिएको परिणाममा बालेन्द्रले १५ सय ७५ मत ल्याएका छन् । ४४ सय ५० मत गनिएकोमा केशव स्थापितले ९८५ मत ल्याएका हुन् भने सिर्जना सिंहको ८ सय २५ मत पुगेको छ । अहिले काठमाडौंका १, ३ र ४ तथा ३२ वडाका मत गन्ने कार्य चलिरहेको छ ।

उता नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिस्ठाको विषय बनाएको भरतपुरको मतगणनामा रेनु दाहालले २ हजार ५ सय ८१ मतगणनामा ९ सय ८० मत ल्याउन सफल भएकी छिन् । एमालेका विजय सुवेदीले ८ सय ७१ मत ल्याएका छन् भने स्वतन्त्र जगन्नाथ पौडेलले पनि ३ सय २६ मत ल्यएर चकित तुल्याइदिएका छन् ।

काठमाडौं नजिकैको ललितपुर महानगरमा काँग्रेसका नेता चिरीबाबु महर्जनले अग्रता लिएका छन् हजार मतको गणनामा महर्जनले आधाभन्दा बढी अर्थात् ५ सय ५ मत ल्याएका छन् भने एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले जम्मा २ सय ३६ मत ल्याएका छन् । उपप्रमुखमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएकोमा उपप्रमुखकी एमाले उम्मेद्वार मञ्जली शाक्यले २ सय ६३ मत मात्र पाएकी छिन् । गठबन्धनका बाबुराज बज्राचार्यले जम्मा १ सय ४ मत ल्याएका छन् ।

यी सबै परिणामहरु प्रारम्भिक भएकोले र अझै धेरै नै मत गन्न बाँकी भएकोले यसैबाट परिणामको आंकलन गर्न नसकिएपनि सुरुवाति चरणमै स्थापित दलहरुलाई नयाँ स्वतन्त्र उम्मेद्वारहरुले दिएको चुनौती भने हेर्न लायक बनेको छ ।

पोखरा महानगरपालिकामा १६ सय मतगणना भइसकेको छ भने जसमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनले ६ सय १३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५ सय ८३ मत ल्याएका छन् । उपमेयरमा एमालेकी उम्मेद्वार मन्जुदेवी गुरुंगले ८ सय ८३ मत ल्इाएकी छिन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटले ठ सय १६ मतका साथ पछ्याएकी छिन् । यस पटकको निर्वाचनमा विवेकशील साझा र राप्रपाको कतैपनि विजयी सुरुवात देखिएको छैन ।