एनआरएन अष्ट्रेलिया नक्कली सदस्यता प्रकरण, ईन्डीपेन्डेन्ट मेडिएसन गर्न अदालतको आदेश

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो संस्था एनआरएन अष्ट्रेलियामा गतवर्ष चुनावका क्रममा भएको अनियमितताको विषय अदालत प्रवेश भएको छ । भिक्टोरियाको सर्वोच्च अदालतले निवेदक सनराईज ज्ञवालीको मागलाई स्वीकार गर्दै यस प्रकरणको सुनवाईमा जानुअघि दुई पक्षबीच ईन्डीपेन्डेन्ट मेडिएसन गर्न आदेश दिएको छ । गत मंगलबार भएको बहसमा एनआरएन अष्ट्रेलिया, तत्कालीन अध्यक्ष अनिल पोखरेल, तत्काली…