सांसदहरूले नागरिकता वितरणको विषयलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन्।

सांसदहरूले नागरिकता वितरणको विषयलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन्।


काठमाडौँ । नेपाली संसदमा नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले नागरिकता जस्तो संवेदनशील विषयलाई हल्का रूपमा नलिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबारको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले नेपालकाे भौगोलिक अवस्था, खुला सीमा र छिमेकी देशहरूसँगको संवेदनशील सम्बन्धलाई दृष्टिगत गर्दै नागरिकता वितरणमा सन्तुलन र सतर्कता आवश्यक रहेको बताए। राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी ले नागरिकताको विषय नेपालका लागि अत्यन्त संवेदनशील रहेको भन्दै भने,

“नेपालको सिमाना खुला छ, बाहिरी देशबाट मानिसहरू आएर बसिरहेका छन्। वंशजको नागरिकता दिने सन्दर्भमा आमा वा बाबु दुवै नेपाली हुनु अनिवार्य हुनुपर्छ। विदेशमा यो सम्भव छैन, तर नेपालमा भने यस्तो दबाब आउन थालेको छ — यसले राष्ट्रलाई घाटा पुर्‍याउँछ।” नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू ले नागरिकता वितरण देशको जनसांख्यिक र भौगोलिक अवस्थाअनुसार हुनुपर्ने धारणा राख्दै भने:
“कोही पनि नागरिकता पाउनबाट वञ्चित नहोस्, तर नागरिकता नपाउनु पर्नेहरूले त्यसलाई दुरुपयोग गर्ने अवस्था सिर्जना पनि हुन नदिन सतर्क हुनुपर्छ।”
उनले आमाको नामबाट नागरिकता दिने प्रस्तावप्रति असहमति नभएको जनाउँदै भने, बाबुको पहिचान नभएका अवस्थालाई पनि विचारमा लिन सकिने उल्लेख गरे। नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राई ले ब्रिटिश गोरखा का माग एनआरएन (NRN) सँग तुलना गर्न नमिल्ने बताउँदै भनिन्:
“उनीहरू आफैं गएका होइनन्, राज्यले पठाएको हो। राज्यको निर्णयअनुसार काम गरेकाहरूलाई वंशजको नागरिकता दिनु न्यायोचित हुन्छ। उनीहरूको मागलाई सम्बोधन गर्न आवश्यक छ।” सांसद श्रेष्ठले भन्नुभयो, ‘कहीँ कतै अनाथालयमा बालबच्चाहरु छन् । आमाबाउको ठेगान छैन । ति त विशुद्ध नेपालको धर्तीमा, नेपालको भूमिमा जन्मिएर बाउ, आमा ठेगाना नभएर अनाथालय लगायत त्यस्तो ठाउँमँ बसिरहेका छन् । अब पढ्दै पढ्दै गयो, एसइइ पास गर्यो अब उच्च शिक्षासहितको त्यो स्टेपमा जानको लागि उसँग नागरिकता नै छैन । यस्तो स्थितिमा गलत नहोस्, कोही विदेशीले नेपालको नागरिकता नपाओस् । कोही नेपाली नागरिक नागरिताबाट वञ्चित नहोस् । यो कुरा अलिकति जटिल छ ।’