आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो : प्रधानमन्त्री ओली

आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो : प्रधानमन्त्री ओली


चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले १८औं गणतन्त्र दिवसको अवसरमा नेपाली जनताले शाही दमन चिर्दै इतिहास रचेको दिनको रूपमा आजको दिनलाई स्मरण गरेका छन्।

जनआन्दोलन द्वितीयका उपलब्धिहरूको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, “आजकै दिन जनताले निरंकुश शाही शासनको दमनलाई चिर्दै लोकतन्त्र, गणतन्त्र र संघीयताको मार्ग प्रशस्त गरेका थिए।” उनका अनुसार यो दिन नेपाली जनताको साहस, दृढता र बलिदानको प्रतीक हो, जसले समावेशी शासन प्रणालीको आधार तयार गरेको छ।

प्रधानमन्त्री ओलीले जनताको त्यागको सम्मान गर्दै सबै राजनीतिक दलहरूलाई लोकतान्त्रिक मूल्य र आदर्शको संरक्षण गर्न आग्रह गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा मूल समारोह समितिको आयोजनामा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।