यौन दुर्व्यवहारको आरोपमा ब्राजिलका डिफेन्डर आल्भेस स्पेनमा पक्राउ

बार्सिलोना । ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा स्पेनमा पक्राउ परेका छन्। एफसी बार्सिलोनाका पूर्व डिफेन्डरसमेत रहेका ३९ वर्षिया आल्भेसले गत डिसेम्बरमा बार्सिलोनाको एउटा नाइटक्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ। ३९ वर्षीय खेलाडीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले…