मुम्बई ।
बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक कमाई गरिरहेको छ। बुधबार रिलिज भएको पठानले १२७ करोड कमाएको छ। पहिलो दिन ५७ करोडको कमाएको पठानले दोस्रो दिन ७० करोड कमाइको छ।
‘पठान’ ले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड बनाएको छ । ‘केजिएफ २’ को हिन्दी संस्करणले ५३ करोड ९५ लाख भारू कमाएको थियो। कलेक्सनको तुलनामा पठान अहिले साउथ फिल्म केजीएफ २ र आरआरआरभन्दा पछाडि छ। तर हिन्दीमा फिल्ममा भने यसले अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको छ।
‘पठान’मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहम मुख्य भूमिका छ। शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।
प्रतिक्रिया