प्रमोद खरेलको ‘कन्सर्ट’मा सुरक्षाकर्मी र दर्शकबीच झडप, दर्जनौँ घाइते

काठमाडौँ । धनकुटामा जारी पाँचौँ धनकुटा महोत्सवमा सुरक्षाकर्मी र दर्शकबीच झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । चर्चित गायक प्रमोद खरेलको प्रस्तुति हेर्न र स्कुटीको हाउजी विङ्गो खेल्न हजारौँ दर्शक धनकुटा नपा–५ मा रहेको तल्लोटुँडिखेलमा रहेको महोत्सव आयोजनास्थल पुगेका थिए । साँझ करिब आठ बजे महोत्सवस्थलमा दर्शक नअट्ने स्थिति बनेको थियो । हाउजीको…