काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ज्ञानेन्द्रले क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। ज्ञानेन्द्रले १८ वर्षे क्रिकेट यात्रालाई विश्राम दिएको बताएका छन्। ज्ञानेन्द्रले नेपालका लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ सय ७६ रन जोडेका छन्। उनले ७ अर्धशतक समेत प्रहार गरेका…