मेलबर्न अष्ट्रेलिया ।
इङ्ग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलियाको स्टेडियम अस्ट्रेलियामा आज भएको क्वार्टरफाइनल खेलमा कोलम्बियाविरुद्ध कमब्याक जित निकाल्दै इङ्ग्ल्यान्ड लगातार तेस्रो पटक अन्तिम ४ मा प्रवेश गरेको हो।
लेसी सान्टोसले ४४औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएकी थिइन्। तर, त्यो अग्रता केही समय मात्र टिकेको थियो । पहिलो हाफको इन्जुरी समयमा लरेन हेम्पले गोल गर्दै पहिलो हाफ बराबरीमा सकिएको थियो।
खेलको ६३ औँ मिनेटमा एलेसिया रुसोले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाइन्। १–० ले पछि परेको खेल २(१ ले जित्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो।
यसैसँग क्वार्टरफाइनलका खेलहरू सकिएका छन्। मंगलबार हुने पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन भिड्दै छन् भने बुधबार हुने दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलिया र इङ्ग्ल्यान्ड भिड्ने छन्।
प्रतिक्रिया