काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो। यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे। ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो…