पल शाहको मुद्दा दोहोर्याइ हेर्न सर्वोच्चको अनुमति

पल शाहको मुद्दा दोहोर्याइ हेर्न सर्वोच्चको अनुमति


काठमाडौँ ।

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्णविक्रम) विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो।

जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो।नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो।

शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्।