काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ। नेपालले थप २६ रजत र ६ कांस्यपदक पनि जित्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यसाथ दोश्रो भयो। नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७…