काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ। शुक्रबार राति सम्पन्न खेलमा टोटनह्यामले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितपछि टोटनह्याम ३३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा नटिङघम भने १४ अंकका साथ तालिकाको १६ औं स्थानमा छ। टोटनह्यामलाई जित दिलाउँदा रिचार्लिसन र डेजन कुलसेभस्कीले एक एक गोल गरेका थिए।…