काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध कठिन जित निकालेको छ। एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो।
मिखेलो मुडरेकले १३ औं मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा क्रिष्टलले बराबरी गरेको थियो।
जाडोर्न अवेइको पासमा मिचले वलिसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। अन्तिमसम्म यही नतिजा रहने सम्भावना रहे पनि ८५ औं मिनेट क्रिष्टलका खेलाडीले खराब ट्याकल गर्दा भारको सहायताले पेनाल्टी दिइएको थियो।
८९ औं मिनेटमा चुकुवुनोन्सो ट्रिस्टन मडुकेले गोल गर्दै अन्ततः चेल्सीलाई २–१ को जित दिलाए। जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा २५ अंकका साथ दशौं स्थानमा रहेको छ। पराजित भएको क्रिष्टल भने १८ अंकका साथ १५ औं स्थानमा छ।
प्रतिक्रिया