सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि बहस जारी रहने छ।

बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए। आज सन्दीप पक्षका वकिलहरु बहस गर्नेछन्।

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ।