काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै नागरिकताका लागि चलाएको अभियानले सार्थकता पाएको बताए। उनले देशलाई समृद्ध बनाउने एनआरएनए नेपालीको अभियानले वैधानिकता पाएको पनि सुनाए। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता दिएसँगै महतोले आफूहरुले प्राप्त गरेको गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको प्रतिक्रिया…