प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन्।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

भोलिबाटै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ। सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो।