काठमाडौं ।
परराष्ट्रमन्त्री एनपी साउदले संविधान कार्यान्वयनको गतिले तिव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुन थालेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासमा थप उर्जा बन्ने अपेक्षा लिएको बताए।
उनले भने,‘ एनआरएनएसँग नेपाली जनताले धेरै अपेक्षा गरेका छन्। उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासमा थप उर्जा बन्ने अपेक्षा लिइएको छ। एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्वपूर्ण हुनेछ।’
राजनीतिक परिवर्तनपछि संविधान कार्यान्वयनको गतिले तिव्रता पाएसँगै विकास निर्माण अघिबढेको उनको भनाई छ। उनले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न स्रोत साधनको जोहो गर्दे उपलब्ध स्रोतको परिचालन गर्नुपर्ने अवस्था आएको बताए।
प्रतिक्रिया