काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरणको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्यलाई नागरिकता प्रदान गरेर नागरिकता वितरण कार्यको शुभारम्भ गरेका हुन्।
अब अन्य गैरआवासीय नेपालीहरुले पनि नागरिकता पाउने बाटो खुलेको छ। गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले यसअघि नै नागरिकता नियमावली स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नागरिकता पाउने बाटो खुलेको थियो।
यो नागरिकता पाउनेले नेपालमा राजनीति गर्न, सरकारी पदमा बस्न र मतदानको अधिकार पाउने छैनन्। उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउनेछन्।
प्रतिक्रिया