काठमाडौं, २५ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन माफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय,…