काठमाडौं, २१ चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुग्नुभएको छ । उहाँलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभयो । बनारसमा रहँदा प्रधानमन्त्री देउवाले काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले बनारसमा रहेको समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै…