क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिकालाई बलात्कार गरेको उजुरी परेको छ । आफुलाई लामिछानेले बलात्कार गरेको आरोप लगाउँदै ती किशोरीले मंगलबार साँझ काठमाडौं प्रहरीमा जाहेरी दिएकी हुन्।

उजुरी दिने किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको आरोप छ ।

प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ। क्रिकेटर सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा छन्।