अनुमती लिई प्रेमप्रसादलाई भेट्न गएकी हुँ, भिडियो कसले बनायो थाहा छैन : राज्यमन्त्री कार्की

काठमाडौँ । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै व्यापक आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन्। आचार्यलाई भेट्न कीर्तिपुर अस्पताल पुगेकी स्वास्थ्य राज्यमन्त्री कार्की विवादमा तानिएपछि उनले स्पष्टीकरण दिएकी हुन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफू भेट्न जाँदा प्रेमप्रसाद बाँच्ने…