काठमाडौँ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषय उठान गरी सांसद हुन अयोग्य रहेको भन्दै दायर रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो । दुवैतर्फको बहस पछि आजै इजलासबाट फैसला पनि आउन सक्नेछ अथवा इजलासले निर्णय सुनाउने दिन तोक्न सक्ने बताइएको छ ।
बुधबार रिट निवदेकका तर्फबाट चारजनाले बहस गरेका थिए भने सरकारका तर्फबाट दुईजनाले बहस गरेका थिए । लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।
प्रतिक्रिया