काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य ९३ रुपैयाँ ०२ पैसामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २५ पैसा र बिक्री दर १३० रुपैयाँ ८५ पैसा तोकेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १४२ रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया